काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रका विकृती हटाउने उदेश्यले बिशेष टास्क फोर्स गठन गरेर परिचालन गरेको छ ।
आइतबारदेखि टोलीले अनुगमन थालेकोमा बिहीबारसम्म दुई दर्जन भन्दा धेरै ३० संस्थानमा अनुगमन गरेको छ ।
मेनपावर कम्पनी, मेडिकल सेन्टर तथा तालिम प्रदायक संस्थामा अनुगमन थालिएको छ । अनुगमनमा देखिएका कमजोरीका आधारमा त्यस्ता संस्थामाथि कारबाही गरिने मन्त्रालयले जनाएको छ।
अनुगमन गर्दा अधिकांश संस्थामा समस्या देखिएको छ । टोलीले धेरै जसो मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुमा अनुगमन गरेको छ ।
नेपालका मेडिकल सेन्टरमा पास भएकाहरु विदेश गरेर फेल हुने गरेकाले यसमा केन्द्रीत भई मन्त्रालयले अनुगमन थालेको छ ।
कतिपय मेडिकल सेन्टरले स्वास्थ्य परीक्षण गरिने व्यक्तिहरूको विवरण समेत नराख्ने गरेको अनुगमनमा भेटिएको छ ।
श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले प्रहरी अधिकारी समेत राखेर टास्क फोर्स बनाएका हुन्।
विगतमा अनुगमन र कारबाही नहुँदा वैदेशिक रोजगार क्षेत्रमा धेरै विकृती देखिएको भन्दै अहिले नियम नमान्ने संस्थामाथि कारबाहीलाई तिव्रता दिन थालिएको छ ।























