काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही-२ मा उम्मेदवार बनेका सुलभ खरेललाई सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरूले आफ्ना विषय पहिले सम्बोधन गर्न खबरदारी गर्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीका अनुसार मङ्गलवार दिउँसो रुपन्देहीको निर्वाचन-२ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं ११ होराइजन चोकमा सहकारी पीडितहरूले रास्वपा उम्मेदवार खरेललाई घरदैलोका क्रममा विरोध प्रदर्शन गरेको जनाएका छन् ।
हातमा तिम्रो नेता खोई रु लिएर आऊ, जेनजीका माग कसले पूरा गर्छ रु सिंहदरबार किन जलाएको रु लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका पीडित उभिएको देखेपछि घरदैलो अभियानमा रहेका सुलभ नजिकैको एल डोराडो होटलभित्र छिरेर बसेको पीडितहरूले दाबी गरेका छन् ।
हामीले दुःख गरेर नखाई नखाई जम्मा गरेको पैसा कहिले फिर्ता हुन्छ रु, पीडितमध्येका चेतनाथ शर्माले भने, ‘हामीलाई यसको जवाफ दिनुपर्यो नि ।
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम अपचलन भएको छ । अधिकांश बचतकर्ताहरू न्यून आय भएका छन् ।
उनीहरूले तीन वर्षदेखि रकम पाउन संघर्ष गर्दै आएका छन् । हामी पीडितको पैसा खाएका मान्छे खुलेआम हिड्ने, पैसा फिर्ता नहुने रु पीडितहरूले सामूहिक प्रश्न गरिरहेका छन् ।
सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको र यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको भन्दै पीडितहरूको निवेदनका आधारमा अदालतमा मुद्दा चलिरहेको छ । गोरखा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो ।
गोर्खा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यसबेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो ।
सुप्रिमको रकम अपचलनमा संलग्न रहेको अभियोग लागेका रास्वपा अध्यक्ष रवि लामिछानेले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उनले सोमबार मात्रै तारेख लिएका थिए ।























