images
images
  • देउवा चुनावी अभियानमा नजाने संकेत

    काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हालका लागि पार्टीका कुनै चुनावी कार्यक्रममा सहभागी नहुने संकेत गरेका छन् ।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँगको भेटमा देउवाले आफू चुनावी अभियानमा सक्रिय नरहने तर निर्वाचन निष्पक्ष र भयरहित हुनुपर्ने भन्दै मुख्यमन्त्रीलाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।

    उनले कांग्रेसका उम्मेदवारहरूलाई जिताउन पार्टीका सदस्यहरू सक्रिय हुनुपर्ने सन्देश पनि दिएका छन् ।

    भेटमा आरजू राणा देउवाले पनि सहभागिता जनाएका थिए र दम्पतीले मुख्यमन्त्रीको स्वास्थ्यबारे चासो राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images