images
images
  • क्यानडामा गोली चल्यो, १० जना विद्यार्थीको मृत्यु

    काठमाडौं– क्यानडाको टम्बलर रिजस्थित एक विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु भएको छ ।

    ब्रिटिस कोलम्बिया प्रान्तको एउटा माध्यमिक विद्यालयमा सामूहिक गोलीकाण्डमा संदिग्ध आक्रमणकारीसहित कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    रोयल क्यानेडियन माउन्टेड प्रहरी (आरसीएमपी)का अनुसार गोली चलाउने व्यक्ति महिला हुन् ।

    उनले आफैँलाई पनि गोली हानी हत्या गरेकी छिन् ।

    मृत्यु हुनेमा नाबालिक पनि हुन सक्ने प्रहरी अनुमान छ ।

    गोली काण्डमा दुईजना गम्भीर घाइते भएका छन् ।

    उनीहरूलाई हेलिकप्टरमार्फत अस्पताल लगिएको छ ।

    अन्य २५ जनाको स्थानीय मेडिकल सेन्टरमा सामान्य चोटपटकको उपचार र परीक्षण भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    विद्यालयका बाँकी विद्यार्थी र कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ ।

    प्रहरीले पीडितहरूको उमेर र आक्रमणमा प्रयोग भएका हतियारबारे गोपनीयताका कारण अहिले केही खुलाएको छैन ।

    यो क्षेत्र भ्यानकुभरबाट ११ सय किलोमिटर उत्तरमा पर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images