images
images
  • भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको हो : प्रधानमन्त्री कार्की

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारकै भएको बताएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि सरकार निरन्तर सक्रिय रहेको उल्लेख गरे ।

    प्रधानमन्त्री कार्कीले ‘जेनजी’ युवाको आन्दोलनलाई गम्भीर सन्देशका रूपमा लिँदै वर्तमान सरकारले प्रशासनलाई नागरिकमैत्री बनाउने र शासकीय सुधारलाई प्राथमिकता दिएको बताए ।

    अनावश्यक भर्ती रोक्ने, सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने र राज्यका स्रोत–साधनको दुरुपयोग नियन्त्रणमा कडाइ गरिएको पनि उनले स्पष्ट पारे ।

    नागरिकता, राहदानी र सवारीचालक अनुमतिपत्रजस्ता सेवा सरल र छिटो बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताउँदै उनले आगामी सरकारका लागि ‘सुशासन मार्गचित्र’ तयार हुने चरणमा पुगेको जानकारी दिए ।

    भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने र अख्तियारसहितका निकायलाई थप स्वतन्त्र तथा व्यावसायिक बनाइने पनि उनको भनाइ थियो।

    उनले प्रत्येक कार्यालय प्रमुखले आफ्नो निकायभित्र हुने भ्रष्टाचारको जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै निर्वाचनलाई सदाचार स्थापनाको अभियानका रूपमा लिन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images