images
images
  • भ्रष्टाचार नियन्त्रणका लागि आयोगले काम गरिरहेका छ : अख्तियार प्रमुख आयुक्त राई

    काठमडाौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले शासन–प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसले राज्य संयन्त्रको स्वायत्तता र सुशासन कमजोर बनाएको बताएका छन् ।

    आयोगको ३५औँ स्थापना दिवसमा बोल्दै उनले बजेट निर्माणदेखि उच्च नियुक्ति र सरकार परिवर्तनसम्ममा शक्तिशाली विचौलियाको सक्रियता देखिन थालेको आम बुझाइ रहेको उल्लेख गरे ।

    उनका अनुसार आयोगले भ्रष्टाचारसम्बन्धी कसुरको अनुसन्धान र विशेष अदालतमा अभियोजनलाई निरन्तरता दिँदै निरोधात्मक र प्रवर्द्धनात्मक रणनीतिलाई पनि जोड दिएको छ ।

    सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा समेत आयोगले अनुसन्धान गरिरहेको छ ।

    पाँचौँ रणनीतिक योजना कार्यान्वयनमार्फत उच्च जोखिम क्षेत्रलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।

    पछिल्ला पाँच वर्षमा आयोगमा १ लाख ४८ हजारभन्दा बढी उजुरी दर्ता भएकामा करिब ७३ प्रतिशत फर्छ्योट भएको र ७०० भन्दा बढी मुद्दा विशेष अदालतमा दायर गरिएको जनाइएको छ ।

    सार्वजनिक खरिद, बजेट विनियोजन, राजस्व चुहावट, नक्कली प्रमाणपत्र र गैरकानुनी सम्पत्ति आर्जनजस्ता विषयमा बढी उजुरी परेको आयोगले जनाएको छ ।

    राईले आयोगका सुझाव कार्यान्वयन कमजोर रहेको र उही प्रकृतिका विकृति दोहोरिइरहेको उल्लेख गर्दै कानुनको परिपालना नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images