काठमाडौं– बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या देखिएपछि नेपाल आयल निगमले टेकुस्थित आफ्नै कार्यालयबाट सिधै ग्यास बिक्री सुरु गरेको छ ।
डिलरबाट ग्यास नपाएका र अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गर्दै यो विशेष व्यवस्था गरिएको निगमले जनाएको छ ।
एलपीजी विभाग प्रमुख विनीतमणि उपाध्यायका अनुसार हाल नेपाल ग्यासका सिलिन्डर टेकु कार्यालयमा उपलब्ध भइसकेका छन् भने एभरेष्ट र सुगम ग्याससँग पनि समन्वय भइरहेको छ ।
निगमका अनुसार डिलरबाट ग्यास पाउन नसकेका टेकु आसपासका ‘नीडी’ उपभोक्तालाई राहत दिन यो कदम चालिएको हो ।
यसबाट बजारमा कृत्रिम अभाव रोक्न र उपभोक्तालाई प्रत्यक्ष सहजीकरण पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्























