images
images
  • भिआइपीहरूलाई ज्यान मार्ने धम्की दिने पाठकलाई फिलिपिन्सबाट नेपाल ल्यायो प्रहरीले 

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको छ ।

    काभ्रे घर भएका पाठकलाई बुधबार नेपाल ल्याइएको काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।

    उनीविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएपछि फिलिपिन्समा लोकेट गरिएको थियो ।

    पाठकले फेसबुकमार्फत भिडियो तथा अडियो सन्देश पोस्ट गर्दै धम्की दिँदै भारत र इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए ।

    आफूलाई उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने उनलाई लिन नेपाल प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का सहितको टोली फिलिपिन्स गएको थियो ।

    उनले लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईंसहित करिब १० जनालाई धम्की दिएका थिए ।

    पाठकसँग सम्पर्कमा देखिएका तीन जना शरणजङ्ग शाही, तोरण थापा मगर र धिरेन्द्र सुनारलाई भने प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images