images
images
  • अत्यन्तै आकर्षक तलब दिने देश इजरायलमा नेपाली कामदार पठाउने सम्झौता अघि बढ्यो

    काठमाडौं– नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिने अत्यन्तै असुरक्षित इजरायलसँग नयाँ श्रम सम्झौता गर्न नेपाल सरकारले प्रक्रिया अघि बढाएको छ ।

    श्रम मन्त्रालयका अनुसार नेपालले प्रस्ताव पठाइसकेको र इजरायलले उठाएका केही विषयमा छलफल गरेर सम्झौता टुंग्याउने तयारी भइरहेको छ ।

    इजरायलमा केअरगिभरका रूपमा नेपाली जाने क्रम फेरि तीव्र बनेको छ ।

    सन् २०२४ मा चिट्ठाबाट छनोट भएका करिब २,११२ जनामध्ये ६२ प्रतिशतभन्दा बढी इजरेल पुगिसकेका छन् र बाँकीलाई पनि क्रमशः पठाइँदैछ ।

    यसैबीच ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अब विद्यार्थी मात्र होइन, सिधै कामदारका रूपमा नेपाली लैजान इजरेल इच्छुक देखिएको छ ।

    नेपालले ३९ वर्षमुनिका, यसअघि उक्त कार्यक्रममा सहभागी भइसकेकालाई प्राथमिकता दिने प्रस्ताव गरेको छ ।

    करिब १,२००–१,५०० जना यस योजनाबाट जान सक्ने अनुमान छ ।

    नेपाल र इजरेलबीच ‘लर्न एन्ड अर्न’, होमबेस्ड केअरगिभर र सामुदायिक स्याहार केन्द्रका लागि छुट्टाछुट्टै प्रोटोकल तथा एउटा छाता सम्झौता गर्ने तयारी भइरहेको छ ।

    इजरेल नेपाली कामदारका लागि आकर्षक बन्नुको मुख्य कारण उच्च तलब हो ।

    हाल केअरगिभरको न्यूनतम मासिक तलब ६,२४७–६,५०० सिकेल (करिब २ लाख ८५ हजार रुपैयाँ) पुगेको छ र इजरेलले हरेक वर्ष न्यूनतम तलब बढाउँदै आएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images