images
images
  • लुम्बिनीमा परिवर्तनको भूत चढेका र अधुरा कार्यकाबीच दलहरूबीच लडाइँ

    लुम्बिनी– यहाँ लुम्बिनी प्रदेशमा प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा १२ जिल्लाका २६ क्षेत्रबाट ५८२ उम्मेदवार मैदानमा छन् ।

    निर्वाचन आयोगका अनुसार ३९५ दलगत र १९७ स्वतन्त्र उम्मेदवार रहेका छन्, जसमा ५२९ पुरुष र ५३ महिला छन् ।

    यसपालि चुनाव राजनीतिक धार, नेतृत्वप्रतिको विश्वास र परिवर्तन चाहनाबीच प्रतिस्पर्धात्मक र अनपेक्षित नतिजा ल्याउने अनुमान छ ।

    २०७९ को चुनावी नतिजामा एमाले पहिलो दल भए पनि प्रमुख नेताको पराजयले झटका खेप्यो भने कांग्रेस दोस्रो भए पनि केही प्रभावशाली नेता पराजित भए ।

    रास्वपा सहरी क्षेत्रमा उदाउँदै तेस्रो शक्ति बनेको थियो ।

    माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी पनि केही क्षेत्रमा चुनौतीपूर्ण देखिएका थिए ।

    यसपटकको चुनावमा ‘हेभिवेट’ र ‘नयाँ’ उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

    पूर्वप्रधानमन्त्री प्रचण्ड र अन्य अनुभवी नेतासँगै युवा तथा नयाँ उम्मेदवारले पनि चुनौती पेश गरेका छन् ।

    केही प्रदेश सांसदले पद त्यागेर प्रतिनिधिसभामा उम्मेदवारी दिएकोले चुनाव थप प्रतिष्ठाको विषय बनेको छ ।

    तर, लुम्बिनीको विकास एजेन्डा अझै पिछडिएको छ ।

    गौतम बुद्ध विमानस्थल, सुस्ता क्षेत्रको सीमा विवाद, मर्चवार–सिंचाइ प्रणाली, स्थायी राजधानी देउखुरीको पूर्वाधार अभाव र औद्योगिक क्षेत्रमा सुस्त विकास अझै समाधान हुन सकेको छैन ।

    २०७९ मा देखिएको मत विद्रोह र नयाँ शक्तिको डिजिटल प्रभावले यसपालि नतिजा अनपेक्षित हुन सक्ने विश्लेषकको अनुमान छ ।

    लुम्बिनीका २६ सिटको नतिजाले केन्द्र सरकारको स्वरूप र मुलुकको राजनीतिक दिशा निर्धारण गर्नेछ, जसमा मतदाताको ध्यान विकास, सेवा र सुशासनमा केन्द्रित रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images