images
images
  • झापामा चुनावी इपिसेन्टर, कोशीमा भूकम्प : कस्तो आउँला परिणाम ?

    झापा– झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)बीचको प्रतिस्पर्धाले कोशी प्रदेशको चुनावी माहोल तातेको छ ।

    बालेन प्रचारका क्रममा एमालेको दमकस्थित कार्यालयमै पुगेर कार्यकर्तासँग भेटघाट गरे पनि चुनावी प्रतिस्पर्धा भने कडा देखिएको छ ।

    ओली २०४८ यता सो क्षेत्रबाट निरन्तर उम्मेदवार बन्दै आएका अनुभवी नेता हुन् भने पहिलोपटक संसदीय चुनाव लड्दै गरेका बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ ।

    कोशी प्रदेशमा यसपटक पुराना दलप्रति बढ्दो वितृष्णा र नयाँ दलप्रतिको आकर्षण देखिएको छ ।

    जेनजी आन्दोलनपछि नयाँ राजनीतिक शक्ति सक्रिय हुँदा रास्वपा र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि पुराना दलको मत काट्ने आँकलन गरिएको छ ।

    यद्यपि अघिल्लो निर्वाचनका तथ्यांकले एमाले र कांग्रेस अझै बलियो रहेको देखाउँछ ।

    झापा–५ बाहेक झापा–२, झापा–३ र मोरङ–६ पनि चर्चामा छन् ।

    झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र एमालेबीच सहकार्यको सम्भावना छ भने मोरङ–६ मा कांग्रेसका डा. शेखर कोइराला, एमालेका विनोद ढकाल र रास्वपाकी रुविना आचार्यबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

    समग्रमा कोशी प्रदेशमा पुराना दलबीचको आन्तरिक द्वन्द्व र नयाँ शक्तिको उदयले चुनावी परिणाम अनिश्चित बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images