images
images
  • सुदूरपश्चिममा नाउपा खारेज भएसँगै प्रचण्ड–माधव नेतृत्वको नेकपा बन्यो सबैभन्दा ठूलो दल

    कैलाली– निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) खारेज गरेको छ ।

    आयोगले यसबारे सुदूरपश्चिम प्रदेश सभा सचिवालयलाई पत्रमार्फत जानकारी गराइसकेको छ ।

    पुस १४ गते नाउपा र नेकपाबीच एकता भएपछि आयोगले नाउपाको दर्ता रद्द गर्ने निर्णय गरेको हो ।

    आयोगका अनुसार विभिन्न कम्युनिस्ट दलहरू एकीकृत भई नेपाली कम्युनिस्ट पार्टी दर्ता कायम गरिएको र पूर्ववत् दर्ता रहेका दलहरूको नामावली खारेज गरिएको हो ।

    सोही निर्णयअनुसार नागरिक उन्मुक्ति पार्टी नेकपामा गाभिएको र स्वतन्त्र अस्तित्व समाप्त भएको जनाएको छ ।

    एकीकरणपछि सुदूरपश्चिम प्रदेश सभामा नेकपाका सांसद संख्या २१ पुगेको छ ।

    यसअघि पहिलो दल रहेको नेपाली कांग्रेस १८ सिटसहित दोस्रो स्थानमा झरेको छ भने एमालेका ११ र राप्रपाका १ सांसद छन् ।

    संयुक्त बैठकबाट नवगठित नेकपाको संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् ।

    बैठकले पाँच सदस्यीय विधान मस्यौदा कार्यदल समेत गठन गरेको छ र प्रदेश सरकार सही दिशामा नरहेको निष्कर्ष निकालेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images