images
images
  • पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट फर्किँदै, भव्य स्वागत गर्ने तयारी

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह फागुन १ गते काठमाडौं फर्कँदा भव्य स्वागत गर्ने घोषणा गरेको छ ।

    पारिवारिक भेटघाटका लागि झापा पुगेका शाहको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न राप्रपाका नेताहरूले कार्यकर्ता तथा राजसंस्थावादी समर्थकहरूलाई आह्वान गरेका छन् ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठ, वरिष्ठ नेता धवल शमशेर राणा र नेता रवीन्द्र मिश्रले छुट्टाछुट्टै अपिल जारी गर्दै विमानस्थलमा उपस्थित भई स्वागत गर्न आग्रह गरेका हुन् ।

    उनीहरूले देशभक्त तथा राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने र स्वागतलाई ऐतिहासिक बनाउने बताएका छन् ।

    साथै देश नयाँ राजनीतिक समझदारीतर्फ अघि बढिरहेको संकेत पनि देखिन थालेको उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images