images
images
  • ‘पटकपटक होइन, सामूहिक गिरफ्तार गर’ भन्दै पत्रकारको धर्ना

    काठमाडौं – नेपाल पत्रकार महासंघले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै बुधबार काठमाडौं उपत्यकासहित देशभर धर्ना कार्यक्रम आयोजना गरेको छ । ‘पत्रकारलाई पटकपटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित महासंघले काठमाडौं उपत्यकाका तीन स्थानमा धर्ना दिएको हो। बुधबार बिहान ९ बजे जिल्ला प्रशासन कार्यालय ललितपुर, १० बजे जिल्ला प्रशासन कार्यालय भक्तपुर र ११ बजे बबरमहलस्थित सडक विभाग अगाडि पत्रकारहरूले धर्ना दिएका थिए ।

    महासंघले देशका सबै जिल्लाका सदरमुकाममा समेत धर्ना कार्यक्रम आयोजना गरेको जनाएको छ ।

    सरकारको आलोचना गर्दै समाचार लेख्ने पत्रकार तथा सञ्चारमाध्यममाथि धरपकड र पक्राउका घटना भएको भन्दै महासंघले विरोधस्वरूप सामूहिक धर्ना कार्यक्रम गरेको हो । पत्रकारमाथिको धरपकड रोक्न र प्रेस स्वतन्त्रताको संरक्षण गर्न दबाब दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images