सुर्खेत– नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माविरुद्ध कारबाही प्रक्रिया सुरु गरेको छ ।
शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएपछि उनलाई प्रदेशसभा सदस्य पदबाट हटाउन नेकपा अघि बढेको हो ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले शर्मासँग लिखित स्पष्टीकरण मागेका छन् ।
माघ २२ गते २४ घण्टाभित्र जवाफ दिन पत्र पठाइए पनि उनले हालसम्म स्पष्टीकरण नदिएको जनाइएको छ ।
शर्मालाई पार्टी सदस्यता तथा संसदीय दलको सदस्यबाट किन नहटाउने भनेर सोधिएको हो ।
उनी तत्कालीन माओवादी केन्द्रबाट रुकुम पश्चिमबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्























