सिरहा– सिरहामा स्थानीय तहका दुई जनप्रतिनिधिले सरकारी गाडी प्रयोग गरेर चुनाव प्रचारमा संलग्न भएको आरोप लागेको छ ।
लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी र लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले आफ्नै पार्टी नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा प्रचार गरेको बताइएको हो ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृतले दुवै जनप्रतिनिधिलाई पत्राचार गरेर स्पष्टीकरण सोध्ने तयारी गरेको जनाएका छन् ।
आचारसंहिताअनुसार चुनावी कार्यक्रममा सरकारी सवारी साधन प्रयोग गर्न रोक छ ।
मेयर चौधरीले भने प्रचार नभई मेयरको कामका लागि गएको दाबी गरेका छन् भने अध्यक्ष ठाकुरले आचारसंहिता विपरीत काम भएको स्वीकार गर्दै अब यस्तो गल्ती नदोहरिने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाले पनि आचारसंहिता उल्लंघनबारे अनुगमन गरी आवश्यक कारबाही अघि बढाइने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























