काठमाडौं– युक्रेन र रुसबीच करिब चार वर्षदेखि लामो युद्ध जुन महिनासम्ममा अन्त्य गरून् भन्ने संयुक्त राज्य अमेरिकाले चाहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
उनले र अर्को हप्ता फ्लोरिडामा दुई पक्षबीच वार्ता आयोजना गर्ने अमेरिकाले प्रस्ताव गरेको पनि बताए ।
दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा घातक युद्ध अन्त्य गर्न अमेरिकी नेतृत्वको प्रयासले हालैका हप्ताहरूमा गति लिएको छ, तर मस्को र किएभबीच क्षेत्रको मुख्य मुद्दालाई लिएर मतभेद जारी छ ।
आफ्नो छिमेकी देशको करिब २० प्रतिशत भू–भाग ओगटेको रूसले कुनै पनि सम्झौताको एक हिस्साको रूपमा युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा पूर्ण नियन्त्रणका लागि दबाब दिइरहेको छ र वार्ता असफल भएमा बलपूर्वक कब्जा गर्ने धम्की दिएको छ ।
उसले युक्रेनमा मिसाइलको वर्षा रोकेको छैन ।
यद्यपि, युक्रेनले जमिन छोड्दा मस्कोलाई हौसला मिल्नेछ र त्यसैले उसले रूसलाई फेरि आक्रमण गर्नबाट रोक्न असफल हुने सम्झौतामा हस्ताक्षर नगर्ने बताउँदै आएको छ ।
जेलेन्स्कीले शनिबार बिहान सार्वजनिक गरिएको टिप्पणीमा पत्रकारहरूसँग भने, ‘संयुक्त राज्य अमेरिकाले पहिलो पटक युक्रेन र रुस वार्ता गर्ने दुई टोलीहरू संयुक्त राज्य अमेरिकाको सम्भवतः मियामीमा भेट्ने प्रस्ताव गरेको छ ।’
अमेरिकाले जनवरीदेखि अबुधाबीमा दुई पक्षबीच दुई चरणको वार्ताको मध्यस्थता गरेको छ, जसमा धेरै कैँदी आदानप्रदानको मध्यस्थता गरिएको छ, तर, वार्ताले विवादास्पद भूमिको बिषयमा कुनै सफलता हासिल गर्न असफल भएको छ । मस्को र किएभ दुवैले वार्ता कठिन भएको बताएका छन् ।
जेलेन्स्कीले बारम्बार रूसको तुलनामा असङ्गत सम्झौता गर्न युक्रेनलाई दवाव दिइएको भन्दै वार्ताबाट निकाश निस्कने बिषयमा निराशा व्यक्त गर्दै आएका छन् ।
युक्रेनले हालको द्वन्द्वग्रस्त अग्रपङ्तीमा द्वन्द्व रोक्ने प्रस्ताव गरेको छ । रूसले यसलाई अस्वीकार गरेको छ र वाशिङ्गटनले यसको सट्टा डोनेट्स्क क्षेत्रमा हाल नियन्त्रण गरेको भूमिलाई ‘स्वतन्त्र आर्थिक क्षेत्र’मा रूपान्तरण गर्न किएभलाई दबाब दिएको छ जहाँ कुनै पनि पक्षको सैन्य नियन्त्रण छैन ।
जेलेन्स्कीले भने, ‘यदि हामी स्वतन्त्र आर्थिक क्षेत्र निर्माणको पक्षमा आइपुग्यौँ भने पनि हामीलाई निष्पक्ष र भरपर्दो नियमको आवश्यकता पर्नेछ ।’
जेलेन्स्कीले रुसको कब्जामा रहेको जापोरिज्जिया आणविक ऊर्जा संयन्त्रको नियन्त्रणको विषयमा पनि दुवै पक्षबीच ‘साझा समझदारी’ हुन नसकेको बताए ।
द्वन्द्वको सुरुवातमा रुसी सेनाले युरोपको सबैभन्दा ठूलो प्लान्ट कब्जा गरेको थियो र त्यसयता यसलाई नियन्त्रणमा राखेको छ । ‘रूस र अमेरिकाले युक्रेनको बिषयमा उसको सहभागिताबिना गरेको सम्झौता किएभका लागि सह्य हुने छैन,’ जेलेन्स्कीले भने ।


विश्व खबर 




















