images
images
  • वरिष्ठ कलाकार सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने

    काठमाडौं– शनिबार निधन भएका वरिष्ठ कलाकार सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने भएको छ ।

    कलाकार संघका अध्यक्ष मोहन निरौलाले शनिबार साँझ कलाकर्मीको विभिन्न संघ संस्थाको छलफलबाट अन्तिम श्रद्धाञ्जलीका लागि विकास बोर्डमा राखिने तय भएको बताए ।

    बोर्डमा श्रद्धाञ्जलीमा राख्नु अघि शवलाई पोस्टमार्टम गरिनेछ । ‘परिवारका सदस्यले शव पोस्टमार्टम गर्नुपर्ने बताएका छन्’, अध्यक्ष निरौलाले भने ‘पोस्टमार्टमपछि मात्र बोर्डमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।’

    ६८ वर्षीया थापाको हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।

    उनले बलिउड र नेपाली गरेर ३ सय बढी फिल्म अभिनय गरेका छन् ।

    नेपाली चलचित्रमा ‘खलनायक’को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ को नामले चर्चित थिए । उनले यो परिचय फिल्म ‘चिनो’ फिल्म अभिनयबाट बनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images