काठमाडौं- धादिङको थाक्रे गाउँपालिका– ६ स्थित दशकिलामा दुई यात्रुवाहक बस ठोक्किएका छन् । आज बिहान भएको सो दुर्घटनामा ५ जना घाइते भएका छन् ।
दुई बस ठोक्किँदा सडक छेउमा रहेको चिया पसल र त्यहाँ रहेका मानिस समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाइते ५ जनालाई उपचारको लागि काठमाडौं पठाइएको छ ।
दाङबाट काठमाडौं आउँदै गरेको रात्रीबसले र काठमाडौंबाट त्रिशूली जाँदै गरेको बस आपसमा ठोक्किएका हुन् ।
प्रतिक्रिया दिनुहोस्























