images
images
  • भारत जुनसुकै देशबाट तेल किन्न स्वतन्त्र छ : रूस

    काठमाडौं– रूसले भारत जुनसुकै देशबाट तेल किन्न स्वतन्त्र रहेको बताएको छ ।

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भारतका लागि रूस एक मात्र आपूर्तिकर्ता नभएको र भारतले सधैँ विभिन्न देशबाट तेल किन्ने गरेको बताए ।

    उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रूसी तेल खरिद रोक्ने दाबी गरेको विषयमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

    रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले भारत–रूसबीचको हाइड्रोकार्बन व्यापार दुवै देशका लागि लाभदायक रहेको र यसले अन्तर्राष्ट्रिय ऊर्जा बजार स्थिर राख्न मद्दत गर्ने उल्लेख गरिन् ।

    ऊर्जा विज्ञ इगोर युस्कोभका अनुसार भारतले रूसी तेल आयात पूर्ण रूपमा रोक्न सक्दैन, किनकि अमेरिकी शेल तेल र रूसी ‘युराल्स’ ग्रेडको गुणस्तर फरक छ र सिधै प्रतिस्थापन गर्न सम्भव छैन ।

    भारतले प्रयोग गर्ने कच्चा तेलको करिब ८८ प्रतिशत विदेशबाट आयात गर्छ ।

    सन् २०२१ मा रूसी तेलको हिस्सा निकै कम भए पनि युक्रेन युद्धपछि भारत रूसबाट सस्तो तेल किन्ने प्रमुख देश बनेको थियो ।

    पछिल्ला तथ्यांकअनुसार भने रूसी तेल आयातमा केही गिरावट देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images