images
images
  • विमानस्थलमा दुई जहाजको पखेटा आपसमा ठोक्किँदा दुर्घटना, कति भयो धनजनको क्षति ?

    काठमाडौं– भारतको मुम्बईस्थित छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा दुई विमानका पखेटा आपसमा ठोक्किएको घटना सार्वजनिक भएको छ ।

    मंगलबार साँझ करिब साढे ७ बजे इन्डिगो र एयर इन्डियाका विमानबीच यस्तो घटना भएको बीबीसीले जनाएको छ ।

    पखेटा ठोक्किएलगत्तै दुवै विमानबाट यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।

    घटनामा कुनै मानवीय क्षति नभएको भारतको नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) ले पुष्टि गरेको छ ।

    डिजिसिएका अनुसार एयर इन्डियाको फ्लाइट एआई–२७३२ उडान भर्ने तयारीमा ट्याक्सीवेमा प्रतीक्षारत अवस्थामा थियो भने इन्डिगोको ए–३२० विमान अवतरणपछि ट्याक्सीवे हुँदै अगाडि बढिरहेको थियो ।

    यही क्रममा दुवै विमानका पखेटा एकआपसमा ठोक्किन पुगेका हुन् ।

    एयर इन्डियाका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा मुंबईबाट कोयम्बटूर जान लागेको फ्लाइट एआई–२७३२ टेकअफ अघि ट्याक्सीवेमा प्रतीक्षा गरिरहेको बेला अर्को विमानसँग विंगटिप सम्पर्कमा आयो, जसबाट पखेटामा क्षति पुगेको छ । सबै यात्रु सुरक्षित छन्,’ उल्लेख गरिएको छ ।

    यस्तै, इन्डिगोका प्रवक्ताले ‘हैदराबादबाट मुंबई आएको हाम्रो विमान ट्याक्सिइङका क्रममा अर्को विमानसँग विंगटिप सम्पर्कमा आएको हो । सबै यात्रुलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको छ र प्राविधिक जाँच जारी छ,’ भनेका छन् ।

    घटनापछि डिजिसिएको मुम्बई कार्यालयका अधिकारीहरू विमानस्थल पुगेर निरीक्षण गरेका थिए ।

    दुवै विमानलाई प्राविधिक परीक्षणका लागि हाल उडानबाट रोकिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images