images
images
  • रूसले युक्रेनसँगको भीषण युद्धबीच २०२६ मा गर्‍यो आर्थिक वृद्धिदर १.१३ प्रतिशतको प्रक्षेपण

    काठमाडौं– रूसको उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले मंगलबार जानकारी दिए अनुसार देशको कुल घरेलु उत्पादन २०२६ मा १ देखि १.३ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ ।

    उनका अनुसार २०२६ मा मुद्रास्फीति लक्षित स्तर ४ देखि ४.५ प्रतिशतमा आउन सक्ने अनुमान गरिएको छ ।

    नोभाकले संघीय परिषद् आर्थिक नीतिसमिति बैठकमा देशको आर्थिक वृद्धिदर २०२५ मा केवल १ प्रतिशतमा सीमित भएको बताएका थिए ।

    जसको मुख्य कारण कडा मौद्रिक तथा वित्तीय नीति र मुद्रास्फीति नियन्त्रण प्रणाली रहेको थियो ।

    उनले भने, ‘निर्माण उद्योगको वृद्धिदर गत वर्ष २.८ प्रतिशत पुगेको थियो । २०२५ मा वास्तविक तलब औसतमा बढेको छ । प्रारम्भिक अनुमान अनुसार मुद्रास्फीतिको प्रभाव हटाइएपछि वास्तविक तलबमा ४.५ प्रतिशत वृद्धि भएको देखिएको छ ।’

    रूस–युक्रेनबीच विगत लामो समयदेखि युद्ध जारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images