images
images
  • कांग्रेसले तोक्यो चुनावी कमाण्डर, कुन प्रदेशमा को–कसलाई जिम्मा ? (सूचीसहित)

    काठमाडौं– नेपाली कांग्रेसले पार्टीको जनमत आकलन गर्न प्रदेशअनुसार नेताहरूलाई जिल्लागत जिम्मेवारी दिएको छ ।

    उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिले सातै प्रदेशमा ६ दर्जनभन्दा बढी नेताहरू परिचालन गरेको हो ।

    समितिका अनुसार नेताहरूलाई जिल्लामा खटाएर जनमत बुझ्ने, कमजोर रहेका क्षेत्र पहिचान गर्ने र सुधारका उपाय खोज्ने उद्देश्य राखिएको छ ।

    उनीहरूले स्थलगत रूपमा संकलन गर्ने ब्रिफिङका आधारमा आगामी प्रचार–प्रसार रणनीति तय गर्ने कांग्रेसको तयारी छ ।

    सहमहामन्त्री डा. डिला संग्रौला पन्तले आफू कोशी प्रदेशमा खटिएको जानकारी दिँदै पार्टीले देशव्यापी रूपमा जनमत बुझ्ने अभियान सुरु गरेको बताइन् ।

    Prichalan Member List page 0001 Prichalan Member List page 0002

    प्रतिक्रिया दिनुहोस्
    images
    images