images
images
  • तीन सदस्यीय सानो मन्त्रिण्डलको तयारी, देउवासँग को–को बन्दैछन् मन्त्री ?

    काठमाडौं । आजै मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका शेर बहादुर देउवाले तीन सदस्यीय मन्त्रिपरिषदसहित शपथ ग्रहण गर्ने तयार गरेका छन् । नेपाली कांग्रेस निकट स्रोतका अनुसार नेपाली कांग्रेसबाट एक जना र माओवादीबाट एक गरी दुई मन्त्रीसहित शपथ ग्रहणको तयारी भइरहेको बुझिएको छ ।

    स्रोतका अनुसार सानो मन्त्रिपरिषदको रुपमा आज नेपाली कांग्रेसको तर्फबाट ज्ञानेन्द्र बहादुर कार्की, मिनेन्द्र रिजाल, बालकृष्ण खाण, गगन थापा, डा। नारायण खड्का मध्येबाट एक जना तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, पम्फा भुषाल र देव गुरुङ मध्येबाट एक जनालाई मन्त्री बनाउने स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार नेपाली कांग्रेसले अर्थ र गृह मन्त्रालयमा आफ्नो दावी प्रस्तुत गरेको छ । आजै भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवाबीचको भेटवार्ता माओवादी अर्थ र गृह मध्ये एक दिनुपर्ने अडान राखेको जनाइएको छ ।

    कुन कुन दल सरकारमा सहभागी हुने भन्ने कुराको टुंगो लागि नसकेकोले आज एक एक वा बढिमा दुई दुई जनालाई मन्त्रीमा नियुक्त गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारीमा नवन नियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा जुटेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images