images
images
  • इसेवाको ब्रान्ड गीत ‘सबै, सधैं, सँगै’ सार्वजनिक (भिडिओसहित)

    काठमाडौं– इसेवाको ब्रान्ड गीत ‘सबै, सधैं, सँगै’ सार्वजनिक भएको छ । इसेवाको १७औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक युट्यूब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो ।

    इसेवाको मूल ब्रान्ड नारा ‘सबै, सधैं, सँगै’ मा आधारित यस गीतले आपसी साथ, भरोसा र एकताको भावनालाई उजागर गरेको छ । साथै, यस गीतले परिवर्तन र चुनौतीका बीच पनि एकअर्काको साथमा उभिने सन्देश बोकेको छ ।

    गीतमा एकअर्कालाई साथ दिँदाको मौन शक्ति र सामूहिक एकतालाई उत्सवका रूपमा प्रस्तुत गरिएको छ ।

    आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने मूल उद्देश्यसहित भुक्तानीसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको इसेवाले ‘सबैलाई समेट्ने, सधैं साथ दिने र सँगै अघि बढ्ने’ मूल मान्यता बनाएको छ ।

    इसेवाको ब्रान्ड गीतमा पनि सोही भावना व्यक्त गरिएको छ । विप्लव प्रतीकको शब्दमा रहेको यस गीतमा मनोज कुमार केसीले संगीत भरेका छन् ।

    त्यस्तै, गीतमा नेपालका ९ जना चर्चित गायक गायिकाहरू सुबानी मोक्तान, शीतल मोक्तान, प्रजिना, रोहित जोन क्षेत्री, प्रिजोल नेपाली, रिना गिरी, सुशान्त घिमिरे र प्रवेश कुमार श्रेष्ठले स्वर दिएका छन् ।

    यसै गरी, गीतमा प्रिन्स नेपालीको सारङ्गी वादन रहेको छ ।

    यो गीत कठिन समयदेखि परिवर्तनको यात्रासम्म एकअर्कालाई साथ दिँदै अघि बढ्ने विश्वासको प्रतिनिधित्व हो ।

    यो गीत, साथ र सहकार्यको शक्तिमा विश्वास गर्ने सबैका लागि समर्पित
    गरिएको इसेवाले जनाएको छ ।

    यो गीत सहज समयमा मात्र नभई अनिश्चित र चुनौतीपूर्ण क्षणहरूमा पनि एकअर्कालाई सधैँ साथ दिने भावनाको कथा हो ।

    भिडिओ :

    प्रतिक्रिया दिनुहोस्
    images
    images