images
images
  • रविको निर्वाचन क्षेत्र चितवन–२ मा सुनसान, ३ मा रेणु र सोविताको व्यापक चर्चा

    काठमाडौं– देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी माहोल ताते पनि सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ भने तुलनात्मक रूपमा ओझेलमा परेको देखिन्छ ।

    रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन शाहको उम्मेदवारी रहेको झापा–५ ले भने राष्ट्रिय राजनीति नै तातेको छ ।

    चितवन–३ मा रास्वपाकी सोविता गौतम र रेनु दाहालबीच प्रतिस्पर्धा हुँदा व्यापक चर्चा छ भने चितवन–१ पनि शान्तजस्तै छ ।

    चितवन–२ मा उम्मेदवार सक्रिय रूपमा नदेखिँदा गतिविधि सुस्त भएको रास्वपा नेतृ प्रभा ढकाल स्वीकार्छिन्, यद्यपि मतदातासँग भेटघाट जारी रहेको उनको भनाइ छ ।

    रवि लामिछाने स्वास्थ्य समस्याका कारण केही समय सार्वजनिक कार्यक्रममा अनुपस्थित रहे पनि अवस्था सुधारोन्मुख रहेको सचिवालयले जनाएको छ ।

    अघिल्ला निर्वाचन र उपनिर्वाचन दुवैमा उनले फराकिलो मतान्तरले जित हासिल गरेका थिए ।

    तर, नागरिकता विवाद, सहकारी प्रकरण र विभिन्न कानुनी मुद्दाका कारण उनी विवादमा तानिँदै आएका छन् ।

    यसपटक चितवन–२ मा एमालेबाट अस्मिता घिमिरे, कांग्रेसबाट मिना कुमारी खरेल, नेकपाबाट प्रताव गुरुङ र राप्रपाबाट जगदीश अधिकारी उम्मेदवार छन् ।

    प्रमुख दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिएकाले चितवन–२ लाई विशेष चासोका साथ हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images