images
images
  • जेनजीका माग, राजसंस्था, हिन्दु राज्य पुनर्स्थापना र प्रदेश खारेजीसहितको घोषणापत्र ल्याउने तयारीमा दल

    काठमाडौं– दस्ताबेजको आलोचना खेपेका दलहरूले यसपटक छोटो, बुलेट शैलीको, यथार्थपरक र जेनजीका मुद्दा समेटिएको घोषणापत्र ल्याउने दाबी गरेका छन् ।

    राजनीतिक स्थिरता, सुशासन, रोजगारी, शिक्षा–स्वास्थ्य र जनजीविकालाई मुख्य प्राथमिकतामा राख्ने तयारी छ ।

    अधिकांश दलले एक–डेढ हप्ताभित्र घोषणापत्र सार्वजनिक गर्ने बताएका छन् ।

    कांग्रेसले बुलेट शैलीको व्यावहारिक घोषणापत्र ल्याउने तयारी गरेको छ ।

    आर्थिक उन्नति, सामाजिक न्याय, जेनजीका माग र कार्यान्वयनयोग्य योजनामा जोड दिने बताएको छ ।

    एमालेले अघिल्लाभन्दा छोटो र कार्यान्वयनमुखी घोषणापत्र ल्याउने बताउँदै जेनजी आन्दोलनपछि उठेका सुशासन र जवाफदेहिताका मुद्दा समेट्ने तयारी गरेको छ ।

    नेकपा सामाजिक न्याय, रोजगारी, शिक्षा र स्वास्थ्यकेन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै संकुचित तर व्यवहारिक घोषणापत्र बनाउँदै छ ।

    रास्वपाले घोषणापत्रलाई ‘बाचापत्र’ नाम दिँदै पाँच खम्बा न्याय, अर्थ, निर्माण, लोककल्याण र अस्तित्वमा आधारित लागत र कार्यतालिकासहितको प्रतिबद्धता ल्याउने जनाएको छ ।

    जसपाले संविधान संशोधन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानआधारित राज्य पुनर्संरचनाजस्ता पुराना एजेन्डा दोहोर्‍याउँदै घोषणापत्र ल्याउँदै छ ।

    राप्रपाले राजसंस्था पुनर्स्थापना, हिन्दु राज्य र प्रदेश खारेजीलाई मुख्य राजनीतिक मुद्दा बनाउने तयारी गरेको छ ।

    उज्यालो नेपालले आर्थिक समृद्धि र स्थायी सरकारको अवधारणामा घोषणापत्र केन्द्रित गरेको छ भने श्रम संस्कृति पार्टीले हर्कवाद सिद्धान्त, श्रम संस्कृतिको अभियान र उत्पादनमुखी नीतिमा जोड दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images