images
images
  • किन हराउँछन् चुनावैपिच्छे मधेशवादी दल ?

    काठमाडौं– निर्वाचन नजिकिँदै जाँदा दल र नेता दुवैको अदलबदल तीव्र हुने गरे पनि मधेशकेन्द्रित दलहरूले भने निर्वाचनसँगै हराउने र नयाँ नाममा उदाउने छुट्टै इतिहास बनाएका छन् ।

    संविधान जारीपछि भएका २०७४ र २०७९ का निर्वाचनमा सहभागी कुनै पनि मधेशवादी दल २०८२ को निर्वाचनमा उही नाममा छैनन् ।

    आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा १७ भन्दा बढी मधेशकेन्द्रित दल प्रतिस्पर्धामा छन् ।

    तर, यी अधिकांश दल विभाजन, एकीकरण र पुनर्गठनको परिणाम हुन् ।

    उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतो जस्ता नेताहरू पटक–पटक पार्टी फुटाउने र जोड्ने प्रक्रियाका केन्द्रमा देखिन्छन् ।

    २०७४ मा संघीय समाजवादी फोरम, राजपा, तमलोपा, सद्भावना पार्टीजस्ता दलहरू सक्रिय थिए ।

    २०७९ र २०८२ मा आइपुग्दा ती दलहरू या त विलय भइसके, या नयाँ नाममा पुनः देखा परेका छन् ।

    तीनवटै निर्वाचनमा एउटै नामले सहभागी हुने मधेशकेन्द्रित दल नेपाली जनता दल मात्र हो ।

    कम्युनिस्ट आन्दोलनको विभाजन–एकीकरण शैली पछ्याउँदै मधेशकेन्द्रित दलहरू अघि बढे पनि अझै एक सशक्त र स्थायी राजनीतिक शक्तिका रूपमा स्थापित हुन सकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images