images
images
  • भरतपुरको मुहार फेर्ने मेयर रेणुले राजीनामा दिँदै

    काठमाडौं– भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भोलि पदबाट राजीनामा दिने भएकी छन् ।

    भोलि बस्ने महानगर कार्यपालिका बैठकमा राजीनामा बुझाएर उनी चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ ।

    महानगर छाड्नुअघि दाहालले आज पत्रकार सम्मेलन गरेकी थिइन् । सो अवसरमा उपप्रमुख चित्रसेन अधिकारी बोलिरहँदा उनी भावुक बन्दै आँसु झारेकी थिइन् । सम्मेलनमा जनप्रतिनिधि र कर्मचारीको उपस्थिति थियो ।

    दाहाल २०७४ सालमा नेकपा (एमाले)का उम्मेदवार देवी ज्ञवालीलाई पराजित गर्दै पहिलो पटक मेयर निर्वाचित भएकी थिइन् । त्यसबेला निर्वाचन परिणामलाई लिएर विवाद भए पनि उनले दोस्रो कार्यकाल भने सहज रूपमा जितेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images