images
images
  • मनकामना स्मार्ट लघुवित्त वित्तीयको शेयर बाँडफाँड हुँदै, भाग्य बलियो हुनेले मात्र पाउने

    काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर बाँडफाँड अहिले केहि बेरमा हुँदैछ । ९:३० बजे शेयर बाँडफाँड हुन लागेको हो ।

    उक्त आईपीओको बाँडफाँड सोमबार बिहान ९ः३० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा गरिने भएको क्यापिटलले जनाएको छ । आईपीओको प्रि९अलटमेन्ट शुक्रबारसम्पन्न भएको थियो ।

    कम्पनीको आईपीओमा करिब साढे २० लाखले आवेदन दिएका थिए । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो ।

    लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३।१० गुणा बढी हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images