काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५३५ पीसीआर परीक्षणमा १ हजार २३७ जना र ३ हजार ६८३ एन्टिजेन परीक्षणमा ५९४ गरी १ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा १ हजार ५३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १९ हजार ८९४ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















