images
images
  • २४ घण्टामा देशभर २ हजार १६९ संक्रमित थपिए, २२ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ जनाले सोही अवधिमा ज्यान गुमाएका छन् ।

    यस्तै मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो।
    यस्तै बितेको २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् ।

    यससँगै देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ (पीसीआर) र ४३ हजार ४५ ९एन्टिजेन० पुगेको छ । यस्तै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images