images
images
  • नेपाली सेनाको विभिन्न पदमा ३ सय ८८ जनाको लागि जागिर खुल्यो, भिडिओग्राफरदेखि पुजारीसम्म

    काठमाडौं– नेपाली सेनामा जागिर खुलेको छ। सेनाले शुक्रबार विज्ञापन जारी गर्दै विभिन्न प्राविधिक पदहरूमा ३८८ जना कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको हो।

    सेनाले नर्सिङ, ओभरसियर, भेहिकल मेकानिक्स, भिडिओग्राफरदेखि पुजारीसम्म विभिन्न संख्यामा प्राविधिक कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो।

    सेनाले स्वास्थ्य, इन्जिनियरिङ, प्राविधिक र हवाईतर्फ कर्मचारी पदपूर्ति गर्न लागेको हो।

    इच्छुक र योग्यता पुगेका नेपालीहरूले आजदेखि पुस २६ गतेसम्म दरखास्त दिन सक्नेछन्। दरखास्त दस्तुर पदअनुसार ४००, ३०० र २०० रूपैयाँ तोकिएको छ। अन्य समूहमा दरखास्त दिँदा थप २० प्रतिशत शुल्क लाग्नेछ।

    हेर्नुहोस् विज्ञापन

    sena1 scaled

    sena2 scaled

    प्रतिक्रिया दिनुहोस्
    images
    images