images
images
  • हैटीमा संकट सुरु : राष्ट्रपति मोसेको हत्यापछि गुहार्‍यो अमेरिकी सेना

    एजेन्सी । राष्ट्रपति जोभेनल मोसेको हत्या भएपछि हैटीले मुख्य भौतिक पूर्वाधारहरुको रक्षार्थ विदेशी सेनाको सहयोग मागेको छ ।

    हैटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघलाई आग्रहसहित पत्र पठाएको हो । तर, अमेरिकाले अहिलेको समयमा सैन्य सहयोग दिने कुनै योजना नरहेको बताएको छ ।

    यसअघि हैटीको प्रहरीले २८ जना विदेशी बन्दूकधारीहरुको समूहले राष्ट्रपतिको हत्या गरेको जनाएको थियो । यी बन्दुकधारीहरुले भाडामा झिकाइएको प्रहरीले जनाएको थियो ।

    राजधानी पोर्ट एयु प्रिन्समा भएको गोली हानाहानपछि ती बन्दूकधारीमध्ये १७ जनालाई अहिले हिरासतमा राखिएको छ । त्यस्तै, तीनजना शंकास्पदलाई प्रहरीले मारेको छ ।अमेरिकाले सैनिक नपठाए पनि घटनाको छानबिनमा सहयोग गर्न एफबिआई र डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अधिकारीहरु पठाइने जनाएको छ ।

    हैटीमा विदेशी सेना पठाउने कुनै पनि योजनाका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकले स्वीकृति दिनुपर्ने हुन्छ । यस हत्याकाण्डपछि अहिले हैटीमा संकट सुरु भएको छ ।हैटी उत्तर अमेरिकी महादेशकै सबैभन्दा गरिब देश हो । यहाँ अहिले संकटकाल घोषणा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images