images
images
  • बढ्यो सुनको मूल्य, कतिमा भइरहेको कारोबार ?

    काठमाडौँ – बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार थप बढेर तोलामा २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको हो ।

    यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

    यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार २०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ३ हजार २२० रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images