images
images
  • अमेरिकी भिसा नपाएपछि ३८ वर्षीया महिला डाक्टरले आत्महत्या गरिन्

    काठमाडौँ – आन्ध्र प्रदेशको गुन्टुरकी ३८ वर्षीया डाक्टर रोहिणीले अमेरिकी भिसा अस्वीकृत भएपछि हैदराबादको आफ्नै फ्ल्याटमा आत्महत्या गरेकी छिन्
    शनिबार ढोका नखोलेपछि घरेलु कामदारले परिवारलाई खबर गरेकी थिइन्। परिवारले ढोका फोड्दा रोहिणी मृत अवस्थामा भेटिएकी थिइन्।

    एनडिटिभीका अनुसार घरबाट एउटा सुसाइड नोट बरामद भएको छ, जसमा उनले डिप्रेसन र भिसा नपाएको पीडा लेखेकी छिन्। प्रहरीका अनुसार उनले अत्यधिक निद्राको चक्की खाएको वा आफैँ सुई लगाएको हुन सक्ने आकंलन गरिएको छ।

    शव पोस्टमार्टमपछि परिवारका सदस्यहरूलाई बुझाइएको छ।

    उनकी आमा लक्ष्मीले भनिन्, ‘उनी एक प्रतिभाशाली विद्यार्थी थिइन्। सन् २००५ देखि २०१० को बिचमा किर्गिस्तानमा एमबीबीएस पूरा गरेकी थिइन्। उनको शैक्षिक रेकर्ड उत्कृष्ट थियो र उनको भविष्यको लागि ठुला सपनाहरू थिए।’

    लक्ष्मीका अनुसार रोहिणीले अमेरिकामा बिरामी संख्या कम र आम्दानी राम्रो हुने भएकाले त्यतै जाने सोच बनाएकी थिइन्। भिसा नपाएपछि पछिल्ला हप्ताहरूमा उनी निकै निराश र एक्लो महसुस गरिरहेकी थिइन्।

    रोहिणी अविवाहित थिइन् र पूरै करियरमा केन्द्रित थिइन्। चिल्कलगुडा प्रहरीले मुद्दा दर्ता गरेको छ। एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images