काठमाडौं– जिम्बाब्वेको मरोन्डेरा क्षेत्रमा ६ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको छ ।
दुर्घटनापछि हेलिकोप्टरमा आगलागी हुँदा त्यसमा सवार चार यात्रु र दुई चालक दलका सदस्यसहित सबै ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४३ वर्षीय चर्चित व्यवसायी विकनेल चिवायो र उनकी पत्नी लुसी मुतेके पनि रहेका छन् । चिवायोलाई जिम्बाब्वेका राष्ट्रपति एमर्सन मनाङाग्वाका निकट व्यक्ति मानिन्थ्यो ।
हेलिकोप्टर राजधानी हरारेबाट करिब ७० किलोमिटर पूर्वमा रहेको मरोन्डेरा क्षेत्रमा दुर्घटनामा परेको हो ।
चिवायो ऊर्जा तथा पूर्वाधारसम्बन्धी परियोजनामा काम गर्ने कम्पनी इन्ट्राट्रेक जिम्बाब्वेका संस्थापक थिए । उनी ग्वान्डा सौर्य परियोजनालगायत सरकारी ठेक्काका कारण पनि चर्चामा आएका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















