काठमाडौं– भदौ २३–२४ को जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा बिरलै देखिएका काठमाडौं महानगरका मेयर बालेन शाह शुक्रबार वडा नं. ८ मा पुनर्निर्माण गरिएको छैटौं शताब्दीको ब्रह्मा मन्दिर उद्घाटनमा देखा परे ।
उपमेयर सुनिता डंगोल पनि कार्यक्रममा सहभागी थिइन् ।
पानसमा बत्ती बाली छोटो समय मन्दिरभित्र बसेपछि बालेन केही नबोली स्थलबाट बाहिरिए। सञ्चारकर्मीको आग्रहपछि पनि उनले कुनै टिप्पणी गरेनन् ।
जेनजी आन्दोलन भड्काएको आरोपमा सामाजिक सञ्जालमा आलोचना खेपिरहेका बालेनको पछिल्लो आइतबार राति लेखिएको विवादास्पद स्टाटसका कारण एमालेनिकट युवा संघले बिहीबार साइबर ब्यूरोमा उजुरी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















