images
images
  • मध्यराति अश्लील स्टाटस लेख्नुअघि रेस्टुरेन्टमा बालेनको मेयर मदिरा पार्टी

    काठमाडौं– शनिबार मध्यरातमा देशका प्रमुख राजनीतिक दलदेखि अमेरिका, भारतसम्मलाई अश्लील गाली गरेका काठमाडौंका मेयर बालेन साह मदिराको तालमा लट्ठ भएको खुलेको छ ।

    दलहरूविरुद्ध खनिनु सामान्य रुपमा लिइए पनि मित्र राष्ट्रविरुद्ध कुटनीतिक मर्यादा बिर्सिँदै गरेको आरोप बालेनलाई भारी परेको छ ।

    मध्यरातमा अंग्रेजीमा अश्लील भाषा प्रयोग गर्दै स्टाटस लेखेका उनले चौतर्फी आलोचना भएपछि केही मिनेटमै हटाएका थिए ।

    स्टाटस लेख्नुअघि शनिबार दिउँसो मेयर साहले आफ्नो समूहका एक हुल लिएर ललितपुरको बखुण्डलस्थित संस्कार फाइन डाइन एन्ड इभेन्ट्समा मदिरा पार्टी गरिरहेका देखिएका पत्रकार मञ्जु कार्कीले दाबी गरेकी छन् ।

    चार/पाँच जना साथीहरू लिएर त्यहाँ पुगेका बालेनले बारम्बार मदिरा थप्दै गरेको देखेको उनको दाबी छ ।

    कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हिजो म परिवारका साथ ललितपुरको एउटा रेस्टुरेन्टमा थिए, मलाई बस्न मन पर्ने ठाउँ (कौशी) जस्तोमा चार/पाँचजना साथीसँग बालेन थिए । हामी भित्र बस्यौं, तर हामी बसिरहेको ठाउबाट उनलाइ देख्न सकिन्थ्यो । उनले बारम्बार मदिरा थपिरहेका थिए । मलाई लाग्यो शनिबार छुट्टीको दिन भएर होला । मैले त्यता धेरै धान दिइनँ तर राति बालेनको यस्तो पोष्ट देखेपछि मेरो दिउँसोको अनुमान भन्दा अवस्था झन जटिल बनेछ ।’

    कार्कीले बिना प्रमाण मेयर साहमाथि आरोप लगाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि उनले थप स्पष्टीकरण दिएकी छन् ।

    पहिला रेस्टुरेन्टको नाम उल्लेख नगरेकी कार्कीले पछि रेस्टुरेन्टको नाम सार्वजनिक पनि सार्जजनिक गरिन् ।

    उनले आफू मदिरा र जुस छुट्याउँन सक्ने दाबी गर्दै आफूलाई गलत साबित गर्न चुनौती दिएकी छन् ।

    ‘मलाई गाली गर्नुभन्दा ललितपुरको Saskar Fine Dine & Events मा गएर पत्ता लगाउनुहोस् । मैले देखेको लेखे, मेरो गाडीमाथि मेरो छोरी हुन्, छेउको गाडी पत्ता लगाउनुहोस् । म कसैको विरोधी र समर्थक होइन । भिडियो र फोटो हेर्न ईच्छुकले सीसीटीभी हेर्नुहोस्,’ उनले स्पष्टीकरण दिँदै भनेकी छन्, ‘कुरा भूराजनीतिको छ, त्यसैले लेखेको । अन्यथा रक्सी, भाङका कुरा मलाई मतलब भएन । ईच्छा हुनेले खाने हो । साहसँग सायद एउटा नायिकाका श्रीमान् पनि थिए ।’

    प्रतिक्रिया दिनुहोस्

    images