images
images
  • हर्क साम्पाङ मेयर मात्रै रहेनन् : अब श्रम संस्कृति पार्टीको अध्यक्ष पनि

    काठमाडौं– धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ ।

    साम्पाङ आज आयोग पुगेर दल दर्ताको प्रमाणपत्र प्राप्त गरे ।

    पार्टीको चुनाव चिन्ह ‘माटो’ तोकिएको छ ।

    २८ सदस्यीय केन्द्रीय समितिमा पाँच पदाधिकारी छन्, उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई, र प्रवक्ता अरुण गुरुङ रहेका छन् ।

    साम्पाङले गत असोज १२ गते आइतबार आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्

    images