काठमाडौं– धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ ।
दिउँसो २ बजे प्रमाणपत्र लिन जाने तयारी भएको पार्टीका केन्द्रीय सदस्य गोपाल बहादुर खड्काले जानकारी दिए ।
साम्पाङ अध्यक्ष रहेको उक्त पार्टीको चुनाव चिन्ह माटो हो ।
उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ छन् ।
पार्टीमा पाँच पदाधिकारीसहित २८ जना केन्द्रीय सदस्य छन् ।
गत असोज १२ गते साम्पाङ स्वयं निर्वाचन आयोग पुगेर दल दर्ता निवेदन दिएका थिए ।
आज उनले नै प्रमाणपत्र बुझ्ने भएका छन् ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्