images
images
  • ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै

    काठमाडौं– ११ देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

    शुक्रबार नसकिएको सुनुवाइ न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा ‘हेर्दाहेर्दैमा’ सूचीमा परेपछि आज जारी भएको हो ।

    अधिवक्ता प्रतिभा उप्रेती र सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।

    असोज २० गतेको मन्त्रिपरिषद् बैठकले चीन, अमेरिका, बेलायत, जापानलगायतका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images