बिहीबार देशभर थपिए १ हजार ८७५ कोरोना संक्रमित, २९ जनाको मृत्यु

बिहीबार देशभर थपिए १ हजार ८७५ कोरोना संक्रमित, २९ जनाको मृत्यु

विश्व खबर

@BishwoKhabar

२०७८ असार २४ गते बिहिबार ०५:५६

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २८६ जना निको भएका छन् ।

बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । तीमध्ये ९ हजार ३२० जनाको मृत्यु भएको छ भने ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ जना रहेका छन् । जसमध्ये २३ हजार ६९२ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५७२ जना आईसीयू र १५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 

प्रकाशित मिति २०७८ असार २४ गते बिहिबार ०५:५६
प्रतिक्रिया दिनुहोस
  • ncell

  • ninm

  • nic asia