images
images
  • समयमा काम नगर्ने ५७ ठेकेदार कम्पनीको ठेक्का खोस्ने निर्णय

    काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले समयमा काम नगर्ने ५७ ठेकेदार कम्पनीको ठेक्का खोस्ने निर्णय गरेको छ ।

    कार्यालयका प्रमुख सुवोध देवकोटाका अनुसार ती निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको हो ।

    उक्त प्रक्रियाका लागि कार्यालयले मंगलबार एक सूचना जारी गरेको छ ।

    सूचनामा उल्लेख भएका सबै कम्पनीसँग ठेक्का सम्झौता तोडिने देवकोटाले बताए ।

    देवकोटाका अनुसार उक्त सूचीमा आर्थिक वर्ष २०६६/६७ सालदेखिका पुराना ठेक्का छन् ।

    “समयमा काम नगर्ने, लिखित र मौखिक रूपमा ताकेता गर्दासमेत बेवास्ता गर्ने कम्पनीको ठेक्का तोड्ने प्रक्रिया अघि बढेको छ,” देवकोटाले नेपालन्युजसँग भने ।

    Page 5 page 0001 scaled 1 Page 5 1 1 scaled 1

    प्रतिक्रिया दिनुहोस्

    images