images
images
  • ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस

    टोकियो– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टोकियोस्थित अकासाका प्यालेसमा जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीसँग भेटवार्ता गरेका छन् ।

    भेटमा ट्रम्पले जापानलाई अमेरिकाको सबैभन्दा बलियो सहयोगी भन्दै आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    ताकाइची हालै जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।

    दुवै नेताबीचको भेटमा व्यापार र सुरक्षा सम्बन्धी विषयहरूलाई प्राथमिकता राख्दै छलफल भएको थियो ।

    ताकाइचीले जापानले अमेरिका स्थापनाको २५०औँ वर्षगाँठको अवसरमा आगामी वर्ष २५० ओटा चेरीका रूख उपहारस्वरूप दिने घोषणा गरेकी छन् ।

    साथै, उनले ट्रम्पलाई अर्को वर्षको नोबेल शान्ति पुरस्कारका लागि जापानले औपचारिक सिफारिस गर्ने घोषणा समेत गरिन् ।

    ट्रम्प सोमबार जापान पुगेका थिए, जहाँ उनले सम्राट नारुहितोसँग भेट गरेका थिए ।

    मंगलबार दिउँसो उनी प्रधानमन्त्री ताकाइचीसँगै योकोसुका नौसैनिक अड्डाको निरीक्षण गर्न जाने कार्यक्रम छ ।

    त्यहाँ अमेरिकी विमानवाहक पोत यूएसएस जर्ज वासिङ्टन तैनाथ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images