काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आगामी शनिबार (कात्तिक १५ गते) बस्ने भएको छ ।
पार्टीको ११औँ महाधिवेशन तयारीका लागि बैठक बस्न लागेको हो ।
बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ ।
गत असोज २९ देखि ३१ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले ११औँ महाधिवेशन कात्तिक २७ देखि २९ सम्म पोखरामा गर्ने निर्णय गरेको छ ।
पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार कात्तिक १५ गते पार्टीको सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ ।


विश्व खबर 



















प्रतिक्रिया दिनुहोस्