images
images
  • विप्लव निर्वाचन आयोग जाँदै, नेकपा दर्ताको तयारी

    काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दल दर्ताका लागि जाने भएको छ ।

    पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा आज पौने १ बजे निर्वाचन आयोगमा दल दर्ताका लागि जाने तयारी गरिएको एक स्थायी समिति सदस्यले नेपाल प्रेसलाई जानकारी दिए ।

    यसअघि नै आयोगमा नेकपा नाममा दल दर्ता भइसकेकाले पार्टीले नयाँ नाममा दर्ता गर्ने तयारी गरेको छ ।

    यस उद्देश्यका लागि केही समयअघि स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको संयोजकत्वमा केन्द्रीय सदस्य तथा काठमाडौं सेक्रेटरी चिरञ्जीवी ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल सदस्य रहने गरी ३ सदस्यीय दल दर्ता तयारी समिति गठन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images