
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा राष्ट्रिय मान्यताप्राप्त सात दलका नेतासँग निर्वाचनबारे सामूहिक छलफल गर्ने भएकी छन् ।
रास्वपा तर्फ उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, राप्रपातर्फ महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी हुनेछन् ।
तीन ठूला दलबाट कांग्रेस तर्फ महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाश शरण महत, एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुनेछन् ।
त्यस्तै, जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य प्रकाश अधिकारी, जनमत पार्टीबाट सीके राउत सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्