images
images
  • आगामी ५ दिन देशभरको मौसम सफा रहने, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं– नेपालमा पश्चिमी वायु र बिहार आसपास विकसित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहे पनि आगामी पाँच दिन देशभरको मौसम मुख्यतया सफा रहने भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार मंसिर १० गतेसम्म देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने देखिएको छ ।

    केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    आइतबार दिउँसो मधेश र कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ ।

    ad

    बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

    कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

    आइतबार राति हिमाली क्षेत्र, कोशी प्रदेशको तराई र मधेश प्रदेशमा आंशिक बदली रहनेछ ।

    r

    कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

    सोमबार कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ ।

    s

    सोमबार राति कोशी प्रदेशको हिमाली तथा पहाडी क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ ।

    कोशी प्रदेशको हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    rati

    त्यस्तै, मंगलबार दिउँसो कोशी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ ।

    md

    कोशी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

    मंगलबार राति कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

    day 3 1795316480378

    बुधबार र बिहीबार देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

    यसैबीच, तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

    यसले बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    महाशाखाका अनुसार आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन ।

    यद्यपि सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमसम्बन्धी सूचना र पूर्वानुमान नियमित रूपमा जानकारी लिन अनुरोध गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images