
मकवानपुर– जबर्जस्ती करणी र चोरी डाँका मुद्दामा फरार रहेका दुईजनालाई मकवानपुर प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ ।
जुवा खेलिरहेको अवस्थामा गएको असोज ३१ गते ११ जनालाई पक्राउ गरिएको थियो ।
पक्राउ गरिएका मध्ये दुईजना जबर्जस्ती करणी तथा चोरी मुद्दाका फरार अभियुक्त रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीले जानकारी दिए ।
उनका अनुसार, हेटौँडा उपमहानगरपालिका–१० बाट ११ बुक तास र तीन लाख ६ हजार ३१० रुपैयाँ नगदसहित पक्राउ गरिएका मध्ये स्थानीय ३७ वर्षीय अर्जुन तामाङ भनिने विजय तामाङ सिन्धुपाल्चोक जिल्ला अदालतबाट ०७४ साउन ११ गते जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाई फरार रहेका थिए ।
यस्तै, पक्राउ गरिएका मध्ये मकवानपुरको वाग्मती गाउँपालिका–५, ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल भनिे हेमन्त परियार चोरी तथा डाँका मुद्दामा फरार अभियुक्त रहेका डीएसपी बोगटीले बताए ।
दर्नालमाथि जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त महाराजगन्ज, काठमाडौंमा गरी चोरी तथा डाँका कसुरसम्बन्धी पाँच मुद्दा दर्ता रहेको उनको भनाइ छ ।
दुवैजनामाथि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बधित निकायमा बुझाइने प्रहरीले जनाएको छ । –रासस
प्रतिक्रिया दिनुहोस्